प्रचण्ड -माधव र देउवा बीच बूढानीलकण्ठमा छलफल जारी

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।उनीहरूबीच अहिले छलफल जारी छ।

बुधबार चितवनबाट फर्केलगत्तै प्रचण्ड नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। प्रतिनिधिसभा पुनःस्थापित भएपछि नयाँ सरकार निर्माणका लागि कांग्रेस निर्णयक भएकाले सत्ता गठबन्धन निर्माणको प्रस्ताव लिएर बुधबार दाहाल–नेपाल बूढानीलकण्ठमा देउवालाई भेट्न गएका हुन् । प्रचण्डले सबै दलसँग सहमति र समझदारी गरेर अघि बढ्ने बताइरहेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता गठबन्धनमा सामेल हुन नेकपाका दुवै समूहले जोडबल गरिरहेका छन् । आजै बिहान प्रधानमन्त्री ओलीले देउवालाई अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् ।