प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने : भीम रावल

काठमाडौँ पूर्व गृहमन्त्री तथा नेकपा प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले ओलीको कदम गलत भएको कुरा सर्वोच्चले ठहर गरिसकेको तथा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा रावलले ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको रहेछु । नेकपासामु माफ गर्नुस भन्दै नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो भने सकारात्मक बन्न सकिन्छ ’उनले भने । उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए । उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए ।