प्रतिनिधिसभा पुनस्थापनाको फैसला पछि प्रचण्ड - नेपाल बूढानीलकण्ठ जादै

काठमाडौँ प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला  सुनाएपछि कांग्रेस सभापति देउवासँग छलफल गर्न प्रचण्ड र नेपाल बुधबार बूढानीलकण्ठ जान लागेका हुन् ।

उक्त छलफलमा नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा र नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । छलफलमा प्रतिनिधिसभा पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रम, संसद् बैठक, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव लगायतका विषयमा केन्द्रीत हुनेछ ।