भरुवा बन्दुक सहित पक्राउ

बाग्लुङ -

बडिगाड गाउँपालिका ७ माझखर्क बस्ने ५५ वर्षीय दल बहादुर बुढालाई एकनाले भरुवा बन्दुक १ थान, सोही बन्दुकको बारुद र सिसा १२ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दल बहादुरको घरमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।