प्रतिनिधिसभा विघटन बदर भए देश अस्थिरतातर्फ जाने : प्रधानमन्त्री ओली

काठमाडौँ प्रतिनिधिसभा विघटन बदर भए देश अस्थिरतातर्फ जाने बताए ।काठमाडौंमा ओली समूहनिकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन बदर भए देश अस्थिरतातर्फ जाने बताए ।

बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने तर्क गर्दै उनले भने बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाए कसले पाउँछ ? उनले प्रचण्ड माधव समूहसँग ३६ प्रतिशत मात्रै रहेकाले आफूले राजीनामा दिनुपरेको अवस्थामा अर्को सरकार नबन्ने दाबीसमेत गरे । ३६ जना मान्छे कतिपटक गन्दा ३७ हुन्छ ? उनले प्रश्न गरे, ? हामीसँग बहुमत छ । ३६ प्रतिशतले जे गरे पनि सरकार कसरी बनाउन सक्छ ? 

उनले २०४७ सालमा सूर्य चिन्ह आफूले दर्ता गरेर अहिलेसम्म त्यसैबाट चुनाव लडिरहेको भन्ने अभिव्यक्ति दोहोर्‍याए  प्रचण्डजीले कहिल्यै सूर्य चिन्हबाट चुनाव लड्नुभएको छैन । बल्लतल्ल सूर्य चिन्ह स्वीकार्नुभएको थियो तर अब उहाँ पेरिसडाँडातिर फर्किसक्नुभएको छ । उहाँको चुनाव चिन्ह के हो, तपाईंहरू नै बुझ्नुहोलाु, ओलीले भने । प्रधानमन्त्री ओली ७० वर्षको उमेरमा पनि स्वस्थ रहेको भन्दै १८ घण्टासम्म काम गर्ने गरेको बताए । ७० वर्षमा पनि स्वस्थ छु, अहिले पनि १८ घण्टा काम गर्छु ।