आजको एमिकस क्युरीको बहस सकियो

काठमाडौँ प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा एमिकस क्युरीका बहस सकिएको छ ।

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की लगायतले बहस गरेका थिए । सुझाव दिँदै उनले संविधानका धारामा बहस केन्द्रित हुनुपर्ने बताए । यस क्रममा कार्की र इजलासका न्यायाधीशबीच सवाल जवाफ भएको थियो ।

एमिकस क्युरीलाई बहस गर्नका लागि इजलासले समय तोकेको छैन। इजलासमा सबैको सहमति नभएपछि विषयवस्तु अनुसार समय केन्द्रित भएर अघि बढ्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आग्रह गरेका छन्।