प्रतिनिधिसभा विघटनविरुद्ध आजको जबाफी बहस हेर्दाहेर्दैमा

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदकहरुको जबाफी बहस आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको छ ।

उ्रक्त बहसमा प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमा हिजोदेखि निवेदक पक्षका कानुन व्यवसायीले जवाफ दिने क्रम सुरु भएको हो ।हिजो आठ कानुन व्यवसायीले निवेदक पक्षबाट जवाफ दिए । आज पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी , वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अधिवक्ता मेघराज पोखरेलले जवाफ दिएका छन् ।

जवाफ दिँदै वरिष्ठ अधिवक्ता थापाले कुनै पनि प्रधानमन्त्रीलाई संविधानले संसद् विघटनको आधिकार नदिएको बताए । अहिलेको संविधानमा न श्री ३, न श्री ५ नै लेखिएको छ भन्दै उनले भने, श्रीमानहरूले फैसला गर्नुभयो भने बैठक बस्छ ।उनले बुटवलमा पुगेपछि प्रधानमन्त्रीको बोली फेरिएको बताए ।सरकारी पक्षको बहसले र आफ्ना कानुन व्यवसायीका कुराले पार नलागेपछि प्रधानमन्त्रीले यसो भन्नुभो । यसमा त श्रीमानहरू हर्षित हुनुपर्ने ।सोही क्रममा न्यायाधीश अनीलकुमार सिन्हाले अधिवक्ता थापालाई इंकति गर्दै  भने, बाटोमा भएका कुरा हामी सुन्दैनौँ भनेर पहिले नै भनेको होइन ?थापाको जवाफ थियो, हामी कहाँ त हर्षित भयौं भनेर लेख्ने चलन छ नि त्यही भएर भनेको, श्रीमान् ।

त्यसैगरी बहसका क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले  बहुदलीय व्यवस्थामा स्वस्थ प्रस्तिपर्धा खोजिन्छ तर केपी ओलीले मबाहेक अरू कोही प्रधानमन्त्री बन्न सक्दैन भन्नु भनेको बहुदलीय व्यवस्था नै धरापमा पार्ने काम भो वरिष्ठ अधिवक्ता  भट्टराईले  भने । 

जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सरकारबाट नै कीर्ते काम भइरहेकाे आरोप लगाए । भने, 'लालमोहर लागेको मिति मानिँदैन । राजपत्रमा आएको मिति मानिन्छ । ९ बजेर ४५ मिनेटमा बैठक बस्यो भन्या छ, बैठक बोलाएको प्रमाण केही छ ? भने ।  

निवेदकतर्फको जवाफ सकिएपछि एमिकस क्युरीले राय दिने छ । संवैधानिक इजलासलाई राय दिन गठित एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारी तथा केन्द्रीय नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।