सर्वोच्चमा चार पूर्व प्रधानन्यायाधीश लिखित जवाफ सहित पुगे

काठमाडौँ अदालतको अवहेलना मुद्धामा सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीश लिखित जवाफ सहित अदालतमा हाजिर भएका छन् ।

पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत पुगेका हुन् ।सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत माघ २५ गते लिखित जवाफ सहित ६ दिन भित्र अदालतमा उपस्थित हुन भनेको थियो । चार पूर्वप्रधानन्यायाधीशहरुले अदालतमा अवहेलनाको मुद्धामा जवाफ दिएका हुन । सोही क्रममा शर्माले एकल जवाफ बुझाएका छन् भने रायमाझी ,श्रेष्ठ र कार्कीले संयुकत जवाफ पेश गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको बेला उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेका थिए। उनीहरूको यो कामले अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो।