निर्वाचनमा जानु प्रतिगमन हो ?

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि जनतासामु जानु अलोकतान्त्रिक र प्रतिगमन नभएको बताएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि जनतासामु जानु प्रतिगमन नभएको दाबी गरेका छन् ।प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गर्दै नेकपा प्रचण्ड माधव समूहप्रति लक्षित गर्दै ओलीले प्रश्न गरे के हो प्रतिगमन भनेको निर्वाचनमा जानु प्रतिगमन हो भनी प्रश्न गरेका थिए ।

उक्त कार्यालयको उद्घाटन गर्ने क्रममा ओलीले ताजा जनादेशका लागि जनतामा जानु जनादेशप्रतिको अपमान नभएको बताए । जनतासामु नयाँ जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भन्नु मूर्खता भएको उनले बताए । उनले आफूहरू संविधानले कोरेका सीमाभन्दा बाहिर नगएको पनि जिकिर गरे ।