प्रतिनिधिसभा विघटनविरुद्ध आजको जबाफी बहस हेर्दाहेर्दैमा

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदकहरुको जबाफी बहस आज पनि हेर्दाहेर्दैमा सकिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको छ ।

उक्त बहसमा अधिवक्ता दिनमणि पोखरेलले प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने तर्क दोहोर्‍याएपछि प्रधानन्याायधीश चोलेन्द्रशमशेर राणाले रुलिङ गरे, धारा ७४ ले संसदीय व्यवस्था भनेको छ । धारा ८५ मा यो संविधानबमोजिम अगावै भनिएको छ अनि धारा ७६ को उपधारा १ बमोजिमको सरकारले संसद् विघटन गर्न पाउँछ भन्ने कुरा उठेको छ । ७४, ७६ र ८५ स्वतन्त्र धारा हुन् । ७४ को अवशिष्ट अधिकार र ८५ को संविधानबमोजिम अगावै भनिएको छ । यसमा केन्द्रित हुनुहोस् ।

प्रधानन्यायाधीश राणाले अगाडि भने, सरकार पक्ष र निवेदक पक्षको एउटै कुरा आएको छैन । त्यसैले निचोडमा आउनुहोस् ।बहसका लागि यसैगरी नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायतले बहस गरेका थिए ।