नेकपा प्रचण्ड–माधव पक्षले घोषणा गर्‍यो चौंथो चरणको आन्दोलन

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा चौथो चरणको आन्दोलनको घोषणा गरेको छ ।

नेकपा प्रचण्ड माधव समूहले पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय संघर्ष समितिले चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन  ।पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत् केन्द्रीय संघर्ष समितिले आन्दोलनको नयाँ चरण घोषणा गरेको हो।

केन्द्रीय संघर्ष समितिको आइतबार बसेको बैठकले तय गरेका आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ६ गते टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा विरोध प्रदर्शन गरिनेछ। ५ गतेदेखि १२ गतेसम्म सबै जिल्ला विरोध प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ।