नेकपाको प्रचण्ड पक्षले चौथो चरणका विरोध कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ नेकपाको प्रचण्ड माधव पक्षले चौथो  चरणका विरोधका कार्यक्रम आज घोषणा गर्ने भएको छ ।

नेकपा प्रचण्ड माधव पक्षले पार्टी कार्यालय पेरिसडाँडामा आज दिउसो २ बजे पत्रकार सम्मेलन गरी विरोध कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएका छन् ।प्रतिनिधि सभा विघटनपछि निरन्तर सडक प्रर्दशनमा काठमाडौंसहित बुटवल, धनगढी, विराटनगर, सुर्खेत लगायतका शहरमा विरोध सभा गरिसकेका छन्।