नेकपा पार्टी भित्र विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका : मन्त्री ज्ञवाली

काठमाडौँ पराराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफनो निवासलाई गुटको हेडूक्वाटर बनाई आफनो निवासमा चार पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङकटको बिजारोपण गरोको बताएका छन् ।

ओली समूहले तेह्थुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको र पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेको दाबी गरेका छन् । सोही क्रममा पराराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठन गर्नुपरेको उनले बताए का छन् ।

प्रधानमन्त्री र सरकारलाई चौतर्फी घेराबन्दी गरी विकासका गतिविधि अगाडि बढाउन नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको मन्त्री ज्ञवालीले दाबी गरेका छन् ।

ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको र पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेको दाबी गरे ।