निर्वाचन आचारसंहिता जारी गर्ने आयोगको तयारी, आज सबै दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले चुनावको आचारसंहिता जारी गर्ने तयारी गरेको छ । यसबारे अन्तिम छलफल गर्न सबै दलका प्रतिनिधिलाई बिहान ११ बजे बोलाएको छ ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र राजनीतिक दलहरुसँगको छलफलपछि जारी गर्न लागिएको आयोगले जनाएको छ ।सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनका लागि आगामी वैशाख १७ र २७ गते मतदानको मिति तोकेको छ ।

नेकपा विभाजित भएको र कुनैले पनि आधिकारिकता पाउन नसकेको कारण दल दर्ता आह्वान र निर्वाचन कार्यकालिका सार्वजनिक गर्न भने आयोगले सकेको छैन ।