प्रतिनिधिसभा विघटन विरुद्ध रिट निवेदकका वकिलको जवाफी बहस आजबाट

काठमाडौँ प्रतिनिधिसभा विघटन विरुद्ध रिट निवेदन दायर गरेका वकिलहरुले आजबाट जवाफी बहस सुरु गर्दैछन् ।
प्रधानमन्त्री ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि आजबाट जबाफी बहस गर्न लागेका हुन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ ।

संवैधानिक इजलासलाई राय दिन गठित एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारी तथा केन्द्रीय नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।