पूर्वजनमुक्ति सेनाको सपना अब हामी पुरा गर्ने छाैँ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वजनमुक्ति सेनाको सपना अब आफूहरुले पुरा गर्ने बताएका छन ।

पूर्वजनमुक्ति सेना नेपालको भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भेलालाई शनिबार बुटवलमा सम्बोधनका क्रममा पूर्वजनमुक्ति सेनाको सपना आफुहरुले पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । सोही क्रममा मुख्यमन्त्री पोखरेलले प्रचण्डले बलिदानलाई आफना स्वार्थमा प्रयोग गरेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पूर्वजनमुक्ति सेनालाई इंकित गर्दै नेतृत्वले बाटो बिगारे तपाईहरु अर्को बाटोमा जान सक्नुहुन्छ । तपाईहरुलाई स्वागत गर्छौ भने । उनले शन्ति प्रकिया पूरा नभएको उल्लेख गर्दै आफूहरुले त्यसको जिम्मेवारी लिएको बताएका छन् ।