आवश्यक परे प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्न तयार छौँ : प्रचण्ड

काठमाडौँ नेकपा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभामा प्रचण्डले सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष ओलीलाई इंकित गर्दै ओलीको प्रतिगमनविरुद्ध आवश्यक परे सिंहदरबार र बालुवाटार घेर्न अर्को आमसाभा आयोजना गर्ने चेतावनी दिएका छन् ।

उक्त विरोधसभामा सम्बोधनका क्रममा अध्यक्ष दाहालले ओलीलाई व्यङग गर्दै 'केपीजी देख्नुभो, सभा कस्तो हुन्छ ?' प्रचण्डले भने ।  काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने केपी ओलीतिर गएका मान्छेको  फर्किनेहरूको लाम लागेको छ । सरकारमा रहेका दुई जना मन्त्री पनि पार्टीमा फर्किनलाई मसँग वार्ता गरिरहेका छन् । प्रचण्डले ओली जनतालाई छोडेर पशुपतिनाथको शरणमा पुगेको बताए  । जनतालाई धोका दिएर उहाँ भगवानको शरणमा जानुभयो, उनले भने,हाम्रो भगवान नेपाली जनता हुन् । हामी जनताको शरणमा छौँ , प्रचण्डले भने ।