प्रतिनिधिसभा विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा, भोलि बिहिबार पुन बहस हुने

काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदकहरुको बहस आज पनि हेर्दाहेर्दैमा सकिएको छ । भोलि बिहिबार  पुन बहस हुने छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।

उक्त बहसमा अधिवक्ता बालकृष्ण न्यौपानेले संसद् पुनर्स्थापना गरिए पनि प्रधानमन्त्रीले नचाहँदा सम्म प्रतिनिधिसभाले काम गर्न नसक्ने तर्क गरेका छन् । सोही क्रममा एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ, उनले भने अब पुनर्स्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ रु अधिवक्ता बालकृष्ण न्यौपानेल श्रीमान्, यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छ । यसकारण पुनर्स्थापना गर्दा अझ बढी समस्या आउँछ । न्यौपानेले संसद् पुनर्स्थापनापछि पनि राजनीतिक संकट साम्य नहुने तर्क गरेका छन् ।