राष्ट्रपति भण्डारी निरंकुशताको प्यादा बन्नुभयो : रामकुमारी झाँक्री

काठमाडौँ ।  नेकपा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी निरंकुशताको प्यादा बनेको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छन् ।

बुधबार नेकपा प्रचण्ड माधव समूहको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढलिसकेको संकेत गरेको र अब घोषणा गरेको पनि जिकिर गरिन् । नागरिकको मुखमा टेप टाँसिएको छैन,’ उनले भनिन्, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ ।

उनले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् । उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् ।