संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्रीले नचाहँदासम्म प्रतिनिधिसभाले काम गर्न सक्दैन : अधिवक्ता न्यौपाने

काठमाडौँ संसद् पुनर्स्थापना गरिए पनि प्रधानमन्त्रीले नचाहँदा सम्म प्रतिनिधिसभाले काम गर्न नसक्ने तर्क गरेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी ओलीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ, उनले भने अब पुनर्स्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ ?  श्रीमान्, यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छ । यसकारण पुनर्स्थापना गर्दा अझ बढी समस्या आउँछ । न्यौपानेले संसद् पुनर्स्थापनापछि पनि राजनीतिक संकट साम्य नहुने तर्क गरेका छन् ।