हरेक दिन जुलुस नै जुलुस भाषण नै भाषण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच पुसमा संसद विघटन गरेपछि यतिबेला देशमा हरेक दिन जुलुस नै जुलुस, भाषण नै भाषणमा परिणत भएको छ ।

लामो समयपश्चात् मुलधारको राजनीतिमा प्रवेश गरेको नेपाली राजनीति संविधान कार्यन्वयन र प्रदेशको विभिन्न विषय सल्टाउनका लागि बाँकि  रहेकाे अवस्थामा   रहेको थियो । संसद विघटन गरेपछि शान्त रहेको नेपाल अहिले नेपाल कम्युनिष्ट पार्टी भित्र गठबन्धन पार्टी एकता टुटेपछि संसदको राजनीति सडकमा परिणत भएको  प्रष्ट भएको छ ।

संसद विघटन भएपछि अधिकांश दलहरु सडकमा नाराबाजि र जुलुस गरेका छन् भने सरकार आफै पनि जुलुसको प्रतिस्पर्धामा जुटेको छ । एकले अर्कालाई देखाउनकै लागि भए पनि प्रतिस्पार्धात्मक जुलुस देखिएको हो ।

केपी शर्मा ओलीको समूहले माघ २३ गते नारायणहिटी संग्रहालय अघि उभिएर भाषण गरे भने आज पनि प्रचण्ड नेपाल समूहले काठमाडौंको भृकुटीपण्डपबाट ओलीको समूहलाइ काउन्टर दिने उदेश्यले विशाल सभाको आयोजना भएको छ ।

पछिल्लो समय राजनीतिक नेताहरु एकअर्कामा गालीगलोज घाचपेचमा लागेपछि राजनीतिक गम्भिर मोडमा सिर्जना हुन पुगेको हो। त्यसैगरी कांग्रेस पनि आन्दोलनमा जारी राखेको छ भने राजपा पनि  नेपाल कम्युनिष्ट पार्टीसँगै आन्दोलनमा होमिएको छ ।

प्रचण्ड र नेपाल समूह जसपासँग लचिलो
प्रचण्ड नेपाल समूह नेपाल जनता समाजवादी पार्टीसँग लचिलो हुन पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी भित्र अहिले जसपाको खोजि हुनुलाई पनि विभिन्न कोणबाट व्याख्या गरिएको छ । संसद विघटन भएपछि जसपा प्रचण्ड समूहसँग मिलेर ओली विरुद्धको आन्दोलनमा होमिएका छन् । संसद विघटन पुर्नत्थापन पश्चात् प्रचाण्ड र नेपाल समूह जसपासँगै भोलीको दिनमा सहकार्यगर्ने हेतुले अहिले जसपासित नजिकिएको हो । जसपा नेता बाबुराम भट्टराई र प्रचण्डकाबीचमा दुइपटक सरकार संञ्चालनका बारेमा बहस भएको बुझिएको छ ।