प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा आजबाट पुन बहस हुने

काठमाडौँ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा आजबाट पुन बहस हुने भएको छ ।

पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजो एक दिनको लागि बहस रोकिएको थियो । गत माघ ४ गतेदेखि निरन्तर सुनुवाइमा निवेदकका कानून व्यवसायीले बहस सकेपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेको छन् ।