निर्वाचनको तयारीलाई तिब्रता दिन आयोगलाई प्रधानमन्त्रीकाे आग्रह, पार्टी विवादबारे समेत जिज्ञासा राखे

काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीलाइ तिब्रता दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।मंगलबार आयोगकाे कान्तिपथस्थित कार्यालमा पुगेर प्रधानमन्त्री ओलीले  निर्वाचनको तयारीकाेबारे जानकारी लिँदै साे आग्रह गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको लागि भएका तयारीका साथै आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद दिँदै कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु दिएकाे प्रमुख आयुक्त थपलियाले सञ्चारकर्मीसँग बताए ।

प्रतिनिधिसभा विघटनकाे मुद्दा सर्वोच्च अदालतमा विचारधिन रहँदा प्रधानमन्त्री ओली  निर्वाचनकाे तयारीकाे सम्बन्धमा बुझ्न आयाेग पुगेका हुन् । पार्टीमा देखिएको विवादका विषयमा भने प्रधानमन्त्रीले जिज्ञासा मात्रै राख्नु भएकाे प्रेस सल्लाहकार थापाले बताए । नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गर्दै आएका छन् ।सरकारले दुइ चरणमा गर्ने निर्वाचनका लागि जिल्ला समेत छुट्याइसकेकाे छ ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङलगायतका नेताहरू आयोग पुगेका थिए ।