प्रचण्ड - नेपाल पक्षले भाेलि काठमाडाैंमा विराेध प्रदर्शन गर्ने

काठमाडाैं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र नेपाल पक्षले भाेलि काठमाडाैंमा विराेध प्रदर्शन गर्ने भएकाे छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड- नेपाल पक्षले विरोध प्रदर्शन गर्न लागेको हो । त्यसका लागि साे समूहले जुलुस सुरू हुने स्थान र त्यसकाे नेतृत्व गर्ने नेताकाे टुंगाे लगाएकाे छ । 

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर केशरमहल र जमलबाट जुलुस निकालिने नेकपाले जनाएकाे छ।पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायतले गर्ने भएका छन् यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायत नेतालाई जिम्मेवारी दिएको छ । पूर्वसभामुख महरा लामाे समयपछि सडकमा देखिन लागेका हुन् । बलात्कार प्रयासकाे अभियाेग लागेका उनी अदालतबाट सफाइ पाइसकेका छन् ।

नेकपाकाे दाहाल-नेपाल समूहले भाेलिकाे विराेध प्रदर्शनलाइ शक्ति प्रदर्शनकाे रूपमा लिएका छन् । यस्तै प्रधानमन्त्री केपी ओलीले आफ्नाे पक्षमा जनशक्ति देखाउन यही माघ २३ गते देशभरबाट मानिस उतारे दरबारमार्गमा जनसभा गरेकाे थियाे । नेकपाकाे दुइ समूह अहिले आफूहरू नै आधाकारिक भएकाे दावी गर्दै सडकमा जनशक्ति देखाउँदै हिडेका छन् ।