प्रधानमन्त्री केपी शर्मा निर्वाचन आयोगमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । ओली आज विहान ११ बजे आयोग पुगेका हुन् । ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्बाङ समेत रहेको प्रधानमन्त्री स्रोतले जनाएको छ । ओली पुस पाँचमा संसद विघटन गरेर मध्यावधि चुनावमा जाने निर्णय गरेका थिए ।

मन्त्रीपरिषद्को निर्णयले पहिलो चरणमा ४० जिल्लामा र दोस्रो चरणमा ३७ जिल्लामा चुनाब गराउने निर्णय गरेको छ । ओलीले निर्णय गरेपछि ओली निर्वाचन आयोगमा आम निर्वाचन आयोगको तयारी, बजेट सुरक्षा लगायतको विषयमा छलफल गर्ने तयारी रहेको बताएका छन् ।