प्रतिनिधिसभा विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा, भोलि मंगलबार पुन बहस हुने

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदकहरुको बहस आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अधिवक्ता ईश्वरी भट्टराई ,अधिवक्ता महेश नेपाल लगायतले बहस गरेका थिए ।

उक्त बहसमा अधिवक्ता ईश्वरी भट्टराईले बहसका लागि तोकिएको समय भन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश चोलेनद्रशम्शेर राणा रिसाएका थिए । बहसका क्रममा प्रधानमन्त्री ओलीका तर्फबाट अधिवक्ता महेश नेपालले ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको आधिकारिकतामाथि प्रश्न उठाएका थिए । बहसमा नेपालले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दर्ता गरेको अविश्वासको प्रस्तावमा संसदीय दलको नेता भएर आएको पनि उल्लेख नभएको दाबी गरेका छन् ।