प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताब माथि प्रश्न उठाए अधिवक्ता नेपाल

काठमाडौँ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको आधिकारिकतामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अधिवक्ता महेश नेपालले बहस गर्दै अविश्वासको प्रस्तावको आधिकारिकतामाथि प्रश्न उठाएका छन् । उक्त बहसमा अधिवक्ता नेपालले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दर्ता गरेको अविश्वासको प्रस्तावमा संसदीय दलको नेता भएर आएको पनि उल्लेख नभएको दाबी गरे ।