प्रधानन्यायाधीश रिसाउँदै भने, १५ मिनेट भनेको धेरै बोल्नुभयो, जानुहोस्

काठमाडौँ प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका अधिवक्ता ईश्वरी भट्टराईले बहसका लागि तोकिएको समय भन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश चोलेनद्रशम्शेर राणा रिसाएका छन् ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश राणाले अधिवक्ताहरूलाई १५ देखि २० मिनेटभित्र बहस सक्न निर्देशन दिएका थिए । अधिवक्ता भट्टराईले साढे ११ मा बहस सुरु गरेका थिए , बहसका क्रममा भट्टराईले आधा घण्टाभन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश राणाले भने, १५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईँको समय धेरै गाइसक्यो जानुहोस् ।

अब बहस नगर्नुहोस्, छोडिदिनुहोस् न अधिवक्ता ईश्वरी भट्टराईले बहस अझै लम्ब्याउन सुरु गरेपछि प्रधानन्यायाधीश राणाले भने हाम्रो बाध्यतालाई हेर्नुहुन्न तपाईंहरू । गाह्रो नि हामीलाई, तपाईंहरू भनेकै मान्नु हुन्न भने ।