प्रतिनिधिसभा विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदकहरुको बहस आज पनि हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आजको सुनुवाइ सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा आज सरकार पक्षका कानुन व्यवसायीहरू बहस गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आइतबार बहस गरेका सरकारी वकिल सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले प्रतिनिधिसभा विघटनपछि मुलुक निर्वाचनतर्फ गएको बताए ।

सहन्यायाधिवक्ता भट्टराईले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अदालतले सबैलाई स्वीकार्य हुने फैसला गर्नु पर्ने र अब सार्वभौम जनतासामु जानुपर्ने बताएका थिए । त्यसपछि प्रधानन्यायाधीश जबराले उनलाई सोधें ? अहिले त्यस्तो वातावरण छ ?  बहसका क्रममा फेरि प्रध्यान्यायाधीश जबराले सहन्यायाधिवक्ता भट्टराईलाई भने अहिले जुन किसिमको वातावरण छ के यो सम्भावना छ ?’