चुनाव नहुने भएपछि मौन देउवा

काठमाडौँ नेपाली राजनीतिमा यतिबेला नेपाल कम्युनिष्ट पार्टी भित्र जति चर्चा परिचर्चा छ । त्यो भन्दा बढी अब कांग्रेसको भूमिका के हुन्छ भन्नेमा पनि त्यति नै केन्द्रित छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई चिरामा विभाजन भएको छ भने अहिलेको कामचलाऊ सरकारले बैशाख १७ र २६ गते चुनाबको मिति नै तोकेको छ ।
एकाएक चुनाबको बाताबरण बनेपछि कमजोर प्रतिपक्षको भूमिका खेलेको भन्दै आरोप लाग्दै आएको कांग्रेसलाई पछिल्लो पुसदेखिको राजनीतिक घटनाले भने दोधार उत्पन्न गराएको छ । अहिले नेपाल कम्युनिष्ट पार्टीको बीचको भूमिका देखिएको नेपाली कांग्रेस अन्तत अब चुनाबभन्दा पनि आन्दोलनमै जाने भएको छ ।

कांग्रेस कसरी आन्दोलनमै जाने निर्णयमा पुग्नुलाई अहिले चलिरहेको अदालतमा संसद विघटन विरुद्ध परेको रिट र त्यसमा भइरहेको सरकारीपक्षको कमजोर बहस । अर्को कारण भनेको नेपाल कम्युनिष्ट पार्टी भित्रको चुनाब चिन्हविषयलाई लिएर निर्वाचन आयोगले जुन कुराको याख्या अहिलेको प्रचण्ड– नेपाल समूह र केपी ओलिपक्षधरलाई गरेको छ त्यसले कुरालाई पनि कांग्रेसले गहिरोगरी अध्ययन गरेरको छ ।
फुटेको भनिएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला कानुनि रुपमा अझै फुटेकालिपक्षधरलाई गरेको छ त्यसले कुरालाई पनि कांग्रेसले गहिरोगरी अध्ययन गरेरको छ । फुटेको भनिएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला कानुनि रुपमा अझै फुटेको छैन ।

जुन फुट्नका लागि निर्वाचना आयोगले दुबैपक्षले मुल पार्टी भनि दाबी गरेको पत्रमा फुटेको आधिकारिता नभएको बताए पछि अहिले दुबै पार्टी सर्वोच्च अदालतको फैसलामा केन्द्रित हुन थालेका छन् ।जसको कारण पनि कांग्रेस सर्वोच्चको फैसला नआउन्जेल नेपाल कम्युनिष्ट पार्टीको टुंगो नलाग्नुन्जेल कांग्रेस आन्दोलनमै केन्द्रित हुने लगभग निश्चित रहेको नेपाल कांग्रेस नेताहरु बताउँछन्।

रामचन्द्र पौडेल दबाब
संसद विघटन गरेपछि नेपाल कांग्रेसका सभापति शेरवहादुर देउवा प्रायमौन बसेका छन् भने अर्को खेमा नेता रामचन्द्र पौडेल सबैभन्दा बढी आक्रामक रुपमा प्रस्तुत भएका हुन् । उनी अहिले पनि शेर वहादुर देउवालाई चुनाब जान नहुनेभन्दै अडान कसेका छन् । उनकै अडान र जोडबलका कारण अहिले कांग्रेस संयुक्त आन्दोलनमा होमिन लागेको हो । तर देउवालाई रामचन्द्रले साथ नदिनेभएपछि देउवा गुट एक्लो भएको छ । तर यदि सर्वोच्चले विघटनकोमुद्दा सदर गर्यो भने कांग्रेसका लागि फेरि अर्को लड्डु हात लाग्ने छ । अब सरकार बनाउनका लागि कांग्रेसको साथ प्रचण्ड र नेपालपक्षलाई चाहिन्छ भने ओलीले पनि अहिलेको सरकारकालाई निरन्तरता दिनकै लागि भए पनि देउवालाई प्रधानमन्त्रीको कार्डफाल्ःने भएका छन् । उनले देउवालाई लोम्याउनकै लागि भए पनि उनी निकटका जयबहादुर चन्दलाइ अख्तियारमा नियुक्ति दिनुलाई पनि यसैकोणबाट राजनीतिक विश्लेकहरुले व्याख्या गर्ने गरेका छन् । कांग्रेसत्यसैले अहिलेको कांग्रेसको आन्दोलन भनेको त कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेको झै हो ।’

कम्युनिष्ट प्रति विश्वास नहुनु
नेपाल कम्युनिष्ट पार्टीभित्रलाई नेपाली कांग्रेसले पहिलोचरणको २०७२ सालमा नराम्ररी धोका दिएको थियो ।अध्यक्ष प्रचण्डले घात गरेर ओलीसँग पार्टी एकता र चुनाबी गठबन्धनै गरेपछि कांग्रेस नैतिक दबाबमा परेको थियो । अहिले फेरि कांग्रेससँग प्रचण्ड नेपाल पक्षले हातफैलाएपछि कांग्रेसबीचमा धोका हुने होकि भन्ने शंका गर्न थालेका छन् । तर अहिलेको जुन परिस्थितिमा नेपाली राजनीति र परिस्थिति उत्पन्न भएको छ त्यसको मुख्य हिस्सामा कांग्रेस रहेको छ । अबको भूमिकामा कांग्रेस आन्दोलन र केही सयमपछि देउवा प्रधानमन्त्री हुनेसम्म कुनै समय लाग्ने छैन । केपी ओली र प्रचण्डको रणनीतिक मैदानमा देउवा कसरी परिचालित हुन्छन् त्योभने हेर्न बाँकि छ ।