आमहड्तालको नाममा फाकिएका तरकारी र जलाइएकाे टयाक्सीको क्षतिपूर्ती सरकारले तिर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूहले बिहीबार आमहडतालको बेलामा सडकमा फयाकिएका गरीबको तरकारीको सरकारले क्षतिपूर्ती दिने बताएका छन् । शुक्रबार जनसभालाई सम्बोधन गर्दै ओलीले भने, बदमासी उहाँहरु गर्नु हुन्छ् तर, त्यो गरीबको नोक्सान भएको हुँदा सरकारले हेर्छ र व्यवहोर्छ ।

उनले भने ट्याक्सीको इन्सुरेन्स भएको होला त्यो उसले तिर्छ र क्षतिपूती दिलाउन सरकारले पहल गर्छ । भएन भने यस देशमा गरीबलाई हेर्ने सरकार छ उसले व्यहोर्छ प्रधानमन्त्रीले भने यसमा ढुक्क हुनुहोस् ।
सर्वहारावर्गको पार्टी भन्ने अनि झुक्याएर एउटा गरीबको ट्याक्सीान आगो लगाउने यो के चाला हो भनेर प्रश्न गरे ?ओलीले भने अब शान्तिपूर्ण नेपाल हिंसाको बाटोमा जान सक्दैन ।सभामा आउन नदिन कतिपय ठाउँमा बम राखेर विप्लव लेख्ने सम्मको काम भएको चर्चा गरे ।

प्रधानमन्त्री ओलीले सभा गर्नुपर्ने आफूहरुको बाध्यता भएको बुझिदिन आग्रह गर्दै सभाले गर्दा हिडडुलमा, विभिन्न पसल,व्यवसायमा,गाडी, बाइक चलाउन समस्या परेको भन्दै आमजनतासँग क्षमामागे ।
आजको सभा काठमाडौंंमा भएको इतिहासकै सबैभन्दा ठूलो भएको ओलीले दावी गरे ।