प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा रिट निवेदकहरुको बहस आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदकहरुको बहस आज पनि हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आजको सुनुवाइ सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा आज सरकार पक्षका कानुन व्यवसायीहरू खेमराज ज्ञवाली, लोकराज पराजुली, संजीवराज रेग्मीले बहस गरे ।

भोलिदेखि सरकार पक्षका कानुन व्यवसायीका लागि समेत इजलासले २० मिनेटको समय तोकिदिएको छ ।