आजबाट टुंगो लाग्यो नेकपाको मुल पार्टी : प्रधानमन्त्री ओली

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहको शुक्रबार नारायणहिटी दरबारको प्रागंणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेका जानकारी दिएका छन् । उक्त कार्यक्रममा ओलीले भने अझै मुल पार्टी कुन हो भन्ने शंका छ ? सोही क्रममा ओलीले प्रचण्ड माधव समूहलाई इंकित गर्दै आजबाट नेकपाको मुल पार्टी कुन हो त्यसको टुंगो लागेको बताएका छन् ।