मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि रहने छौँ :उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले जनता भन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् ।

नारायणहिटी दरबारको प्रागंणमा शुक्रबार आयोजित कार्यक्रममा सोम्बोधनका क्रममा जनता भन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् । मुलुकमा राजनीतिक स्थायित्व चाहेकाले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताएक छन् । उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि रहने  बताए । ‘प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने पोखरेलले जिकिर गरेका छन् ।सोही क्रममा प्रचण्ड माधव समूहले बिहिबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताए ।