डा केसी प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध अनशन बस्ने

काठमाडौँ चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सत्याग्रहको घोषणा गरेका हुन् ।

मंगलबार डा केसीले विज्ञप्ति निकाल्दै ओलीको असंवैधानिक कदमविरुद्ध र संविधानको रक्षाको लागि अनशन बस्न लागेका जानकारी दिएका छन् ।‘केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । डा केसीको विज्ञप्तिमा भनिएको छ ।

डा केसीको विज्ञप्तिमा आगामी तीन सातामा मागहरू पूरा नभए १२ फागुनदेखि सत्याग्रह सुरु गर्ने डा केसीले जानकारी दिएका छन् ।

२०औँ सत्याग्रहका माग

१ प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् ।

२ विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् ।