प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दाको पेसी सर्‍यो

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

प्रचण्डविरुद्धको अवहेलना मुद्दाको पेसी न्यायाधीश मनोज शर्माको इजलासमा तोकिएको थियो । तर, बेञ्च बस्न नपाएकाले मुद्दाको पेसी सरेको सर्वोच्च अदालतले जनाएको छ ।