प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट सरकारी निवेदकहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकियाे

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट सरकारी निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । भोलि बुधबार पुन बहस हुने छ ।

आजको सुनुवाईमा सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले लगायतले बहस गरेका थिए ।संसद विघटनसम्बन्धी मुद्धाको सुनुवाईमा बहस गर्दै प्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले नरोकेको महान्यायाधिवक्ता अग्नि खरेलले दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा मंगलबार सरकारी पक्षबाट बहस गर्दै खरेलले भने बहुमत वा अल्पत जे भए पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले नरोकेको दाबी गरेका छन् । सोही क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले महान्यायाधिवक्ता अग्नि खरेलमाथि इजलासमा कटाक्ष गरेका छन् ।

अधिवक्ता गोपालकृष्ण घिमिरेले इजलासमा गाएको गीतको प्रतिउत्तर महान्यायाधिवक्ता खरेलले गीतमै दिएपछि राणाले सायरीको जवाफ आएन त भन्दै कटाक्ष गरेका हुन् ।

घिमिरेले बहसका क्रममा संविधानसभाबाट जारी भएको संविधान बिर्सन नसकिने र विघटनको घटनाले संविधान पाएको अनुभूति हुन नसकेको अवस्था रहेको भन्दै अन्जु पन्तको नबिर्से तिमीलाई न पाएँ तिमीलाई भन्ने गीत सुनाएका थिए ।