बहुमत वा अल्पत जे भए पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले रोकेको छैन् : महान्यायाधिवक्ता अग्नि खरेल

काठमाडौँ  प्रधानमन्त्रीलाई संसद विघटन गर्न  संविधानले नरोकेको महान्यायाधिवक्ता अग्नि खरेलले  दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा मंगलबार सरकारी पक्षबाट बहस गर्दै खरेलले भने बहुमत वा अल्पत जे भए पनि प्रत्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले नरोकेको दाबी गरेका छन् ।प्रधानमन्त्री संसदमा बहुमत वा अल्पमत जे  भए पनि संविधानले संसद् विघटन गर्न नरोकेको ,’ इजलासमा खरेलले दाबी गरेका छन् । खरेलले संविधानको धारा ८५ मा उल्लेख गरिएको संविधान बमोजिम अगावै विघटन भन्ने कुरा धारा ७६ को उपधारा ७ बमोजिम हो कि हैन भनेर पश्र गरे । त्यस पछि प्रधानन्यायाधीश राणाले खरेललाई जवाफ दिदै हामीहरुले उतर फैसालामा लेख्न बताए ।