नेकपा प्रचण्ड-माधव समूहले आयोग समक्ष गर्याे आधिकारिकताकाे दाबी

काठमाडाैं ।नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन आयोगमा पुगेर आधिकारिकताकाे दाबी गरेका छन् । विहान १० बजे नै साे समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरू निर्वाचन आयोगमा पुगेर पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिक आफूहरू भएकाे दाबी प्रस्तुत गरेका हुन् ।

दाहाल- नेपालसहित नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेल आयाेग पुगेका थिए । 

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोगमा वैधानिकताको दाबी पेस गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए।साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत २७५ सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहित आधिकारिकता पेस गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म कानुनी बैधता पाउन सकेको छैन । निर्वाचनकाे तयारीमा जुटेकाे आयाेगले अर्काे पक्षलाइ पनि बाेलाएर छलफल गर्ने भएकाे छ ।