प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ हेर्दाहेदैमा ,मंगलबार पुन बहस हुने

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट सरकारी निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

आजको सुनुवाईमा सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले लगायतले बहस गरेका थिए । संसद विघटनसम्बन्धी मुद्धाको सुनुवाईमा बहस गर्दै आफुले पहिला भिडियोमा बोलेको कुरा ठीक रहेको बताएका छन् ।बहसका क्रममा खरेलले भने सरकारको प्रतिरक्षा गर्नु महान्यायाधिवक्ताको संवैधानिक दायित्व भएकाले महान्यायाधिवक्ता पन्छिन नमिल्ने बताउँछन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रीट निवेदनमाथिको आजको बहसमा उहाँले संविधानमा यो विषय पनि हेर्न इजलाससमक्ष आग्रह गरे। प्रधानमन्त्रीसँग बहुमत भएकाले पाँच वर्षको कार्यकाल भए पनि निर्वाचनमा जान सक्ने तर्क राखे विघटनविरुद्ध कुनै पनि राजनीतिक दलबाट निवेदन नहालिएको जनाउँदै उनले यस सम्बन्धमा संविधानका सबै धारा हेरी अदालतले व्याख्या गर्नुपर्ने माग गरे।