निर्वाचन नचाहने पक्षको दवाव र धम्कीले निर्वाचन रोकिँदैन :उपप्रधानमन्त्री पोखरेल

 

नुवाकोट उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै मध्यावधी निर्वाचन हुने जानकारी दिएका छन् ।

नुवाकोटमा नेकपाको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा पोखरेलले मध्यावधी निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन। सरकारले आगामी बैशाखमा तोकिएको निर्वाचन नहोस भन्ने पक्षले चलाएको कदम पछि नलाग्न आग्रह गरेका छन। निर्वाचन नचाहनेले आयोगलाई दल दर्ता , निर्वाचन कार्यक्रम सन्चालन नगर्न धम्की दिइरहेको बताएका छन ।

निर्वाचन नचाहने पक्षको दवाव र धम्कीले निर्वाचन रोकिँदैन , सरकारले आगामी बैशाखमा हुने निर्वाचन तोकिएको समयमा नै हुने दाबी गर्छन् । तोकिएको समयमा निर्वाचनका सम्पन्न गर्नका लागि आवश्यक काम गर्न जिल्ला प्रशासनलाई निर्देूशन दिएका छन् । उपप्रधानमन्त्री पोखरेल ,सोही सम्म्ोलनमा पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताउछन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले