सरकारको प्रतिरक्षा गर्नु महान्यायाधिवक्ताको संवैधानिक दायित्व : महान्यायाधिवक्ता खरेल

काठमाडौँ महान्यायधिवक्ता अग्नि खरेललेसर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धाको सुनुवाईमा बहस गर्दै आफुले पहिला भिडियोमा बोलेको कुरा ठीक रहेको बताएका छन् ।

बहसका क्रममा खरेलले भने सरकारको प्रतिरक्षा गर्नु महान्यायाधिवक्ताको संवैधानिक दायित्व भएकाले महान्यायाधिवक्ता पन्छिन नमिल्ने बताउँछन ।सोही क्रममा बहसमा वर्तमान सरकार संविधानको धारा ७६ को २ बमोजिम बनेको दाबी गर्नेहरूले संयुक्त सरकारमा कुन कुन दल सहभागी छन् देखाउनुपर्ने तर्क गरेका छन् ।खरेल २०६४ र २०७० सालमा संविधानसभा सदस्य थिए । केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी २८ फागुन ०७४ मा महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।