ओलीले माघ २३ गते हिन्दुराष्ट्र घोषणा गर्न सक्ने प्रबल सम्भावना छ : सुरेन्द्र पाण्डे

काठमाडौँ नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सक्ने टिका टिप्पणी गरेका छन् ।

नेकपाका प्रचण्ड माधव समूहले माइतीघरमा जारी राखेको धर्नामा ओलीले माघ २३ गते हिन्दुराष्ट्र घोषणा गर्न सक्ने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले टिप्पणी गरेका हुन ।धर्ना कार्यक्रममा बोल्दै मन्दिर धाउने गरेको ओली अब कम्युनिष्ट नरहेको बताएका छन्। साथै आगामी माघ २३ गते ओली पक्षको कार्यक्रमका लागि राजावादीहरुलाई सहभागी हुन उर्दी जारी रहेको बताएका छन् ।