प्रचण्ड- माधव समूहले आज माइतीघरमा धर्नादिने

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड- माधव पक्षले आज माइतीघरको धर्नामा सहभागी हुने भएका छन् ।
प्रचण्ड -माधव पक्षले बुधबार देखि माइतीघर मण्डलामा जारी रहेको साताव्यापी धर्नामा आज दुवै अध्यक्षद्वय सहभागी हुन लागेका छन् । उक्त धर्नामा दिउँसो १२ बजे सहभागी हुनेछन् । प्रचण्ड- माधव समूहले शनिबार धनगढी , शुक्रबार विराटनगर र बिहीबार बुटवलमा जनप्रदर्शन गरेका थिए । सोही जनप्रर्दशनमा नेकपाका प्रचण्ड माधव दुवै अध्यक्षद्वयले सम्बोधन गरेका थिए ।