अधिवक्ता श्रेष्ठले बहसका लागि मागे पाँच घण्टा समय, प्रधानन्यायाधीश राणाले अस्वीकार गरे

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनवाई आज पनि जारी छ ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पाँच घण्टको समय मागेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा शुक्रबार संवैधानिक इजलासमा बहस सुरु गर्दै श्रेष्ठले आफूलाई बहस गर्न पाँच घण्टा समय उपलब्ध गराउन प्रधानन्यायाधीश राणासँग माग गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले बहसका लागि पाँच घण्टाको समयलाई अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश राणाले श्रेष्ठलाई जवाफ दिँदै भने 'यो मुद्दाको कहिले टुंगो लगाउने ?श्रेष्ठले मागेको पाँच घण्टालाई अस्वीकार गर्दै  , बहसका क्रममा राणाले तपाईहरुलाई अप्रिय हुन्छ भन्या मान्नुहोस , बरु बहस नोट दिनुहाेस'।  प्रधानन्यायाधीश राणाले यसोभन्दा पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले आफ्नो जिद्दी छोडेनन् । राणाले अन्तिममा श्रेष्ठलाई बसहका लागि एक घण्टाको समय दिए ।