निर्वाचन आयोग र ओली समूहको छलफल सकियो, के भयो कुराकानी ?

काठमाडौँ नेकपाको दाहाल खेमाले छलफल अस्वीकार गरेपछि निर्वाचन आयोगले ओली समूहसँग मात्र छलफल गरेको छ ।

छलफल निर्वाचन प्रक्रियासँग केन्द्रित रहेको र चुनाव तोकिएकै समयमा हुनेमा आफूहरू ढुक्क भएको ओली समूहका नेता सुवास नेम्बाङले बताए ।ओली समूहका तर्फबाट नेम्बाङसँगै विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाल, बाबुराम दाहाल निर्वाचन आयोग पुगेका थिए ।

दाहाल खेमाद्वारा निर्वाचन आयोगसँग छलफल गर्न अस्वीकार, ओली समूहसँग जारी नेकपाको पुष्पकमल दाहाल खेमाले भने निर्वाचन आयोगसँग छलफल गर्न अस्वीकार गरेको छ । यस खेमाका नेताहरूले आफ्ना दुवै अध्यक्ष राजधानीमा नरहेको र पछि उपयुक्त समयमा छलफलमा आउने जनाउँदै आजको छलफल अस्वीकार गरेका हुन् । पुस १८ गतेसम्म छलफलमा सहभागी हुन नसकिने जानकारी यस समूहले दिएको छ ।आयोगले आधिकारिकता टुंगो लगाउने विधिबारे छलफल गर्न दुवै पक्षका पाँचपाँच जना छलफलका लागि उपस्थित हुन भनेको थियो ।