निर्वाचन आयोगले दुवै नेकपाका अध्यक्षलाई बोलायो

काठमाडौँ निर्वाचन आयोगले नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले मध्यावधी निर्वाचन सम्बन्धी छलफलका लागि बोलाएको छ ।

गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । सोही क्रममा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भङ्ग गरी नयाँ निर्वाचनको घोषणा गरेकी थिइन। नेकपाका दुवै समूहका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डलाई बिहिबार निर्वाचन आयोगले शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाइएको छ ।

शुक्रबारका छलफलमा अध्यक्षले तोकेको पाँच पाँच जनालाई बोलाईएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । छलफलफलमा सरकारले बैशाखमा हुने मध्यवधी चुनावका लागि अहिले सम्म आयोगले गरेको तयारीको विषयमा केन्द्रीत भई छलफल गर्न दुवै समूहलाई बोलाइएको जानकारी दिएका छन् ।