ओलीको कदमले मुलुक कालो सुरुङमा : प्रचण्ड

काठमाडौँ प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले मुलुकलाई कालो सुरुङमा हाल्न खोजेको आरोप लगाएका छन् ।

पेरिसडाँडामा आज आयोजित जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्नै क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीको कदमले मुलुकलाई कालो सुरुङमा हाल्न खोजिएको आरोप लगाएका छन् । गत पुस पाँच गतेको संसद विघटनले देशलाई उज्यालो दिशामा नलगी अध्यारो तर्फ लैजान खोजेको प्रयासलाई जनताको बलमा विफल पार्ने बताएका छन् ।

कार्यक्रममा ओलीलाई इंकीत गर्दै जनता र्नै अब निर्णयक शक्ति हुन, जनता सडकमा ओर्लिएपछि तानाशाही बन्न खोजेका ओलीको पतन हुन्छ । बैठकमा अध्यक्ष प्रचण्डले २८ माघमा काठमाडौंमा गरिने विरोध प्रदर्शनलाई निर्णायक हुने पनि बताए ।