संसद विघटनविरुद्ध बहस गर्न प्रधानन्यायाधीशले तोके १० देखि १५ मिनेट

काठमाडौँ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध बहस गर्न कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका छन् ।

बुधबार इजलासको अन्तिममा प्रधानन्यायाधीश जबराले अब तपाईहरुलाई १० देखि १५ मिनेट भन्दा बढी दिनौँ भनेका छन् । संसद विघटन सम्बन्धी छ वटा रिटको सुनुवाई बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका छन् । तपाईहरुको सकिए पछि उहाँहरुलाई पनि समय दिनुपर्यो यसलाई प्रिय मानिदिनुहोला जबराले भने ।हाल सम्म १३ वटा रिट परेको मध्य ६ वटा मात्र सुनुवाई भएको छ ।