प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ हेर्दाहेदैमा , भोलि पुन बहस हुने

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानून व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा बिहिबारका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले गत आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको थियो ।

आजको सुनुवाइमा प्रा डा युवराज संग्रैला लगायतले बहस गरेका थिए । कानुन व्यवसायी शेरबहादुर केसी र कृष्णभक्त पोखरेलले संसद् विघटनको निर्णय कुनै अर्थमा पनि संवैधानिक नरहेको तर्क गरे । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि संवैधानिक इजलासमा बहस गर्दै संग्रौलाले संविधान निर्माणको मनसाय हेर्नुपर्ने बताउँदै राज्यको शासकीय स्वरूप निर्धारण समिति बैठकको निर्णय र त्यसमा सहभागीहरूको नाम संवैधानिक इजलासमा पढेर सुनाएका थिए ।